ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कञ्चनपुरमा एक लाख ९७ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको पूर्ण खोप 

२०७८ पौष, २३  
सुदूरपश्चिम प्रदेश
Image Not Found

पुस २३, कञ्चनपुर । कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका संख्या एक लाख ९७ हजार २३३ पुगेको छ । 

स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिसिल्ड र अस्त्रजेनेकाको पूर्ण मात्रा लगाउनेको संख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको संख्या एक लाख ३२ हजार ३९ रहेको छ । जोन्सन एन्ड जोन्सन खोप लगाउनेको संख्या २७ हजार ४००  छ ।

कोभिसिल्ड र अस्त्रजेनेकाको पहिलो मात्रा ५१ हजार १०३ जनाले लगाएका छन् । यसैगरी, भेरोसेलको पहिलो मात्रा खोप एक लाख ८४ हजार ८९८ जनाले लगाएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई ६३ हजार ७३७ मोर्डना खोपको पहिलो मात्रा दिइएको छ ।

खोपको पहिलो मात्रा लगाउनेको संख्या ८६ दशमलव ६० र दोस्रो मात्रा खोप लगाउनेको संख्या ६५ प्रतिशत छ । बिहीवार मात्रै १५ हजार २०० जनालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइएको छ । ‘माघ महीनादेखि नियमित रुपमा अन्य खोप जस्तै कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको छ,’ अधिकृत कुवँरले भने, ‘बिदाको दिनबाहेक हप्ताको ६ ओटै  दिन पालिकामार्फत खोप लगाउनका लागि योजना बनाउँदैछौँ ।’ कोरोनाविरुद्धको खोप लगाउनबाट कोही नछुटून् भन्ने उद्देश्य लिएर कार्य अगाडि बढाइँदै आएको उनले बताए ।

‘तत्कालै एक लाख भेरोसेल खोप लगाउनका लागि कार्य अगाडि बढाई सकिएका छौँ,’ उनले भने, ‘अपुग भएको खोप आवश्यकताअनुसार कैलालीको धनगढीस्थित आपूर्ति केन्द्रबाट ल्याउने व्यवस्था गरिएको छ ।’

भारतबाट नेपाल भित्रिने नेपालीलाई सीमा नाका गड्डाचौकीमै समेत कोरोनाविरुद्धको पहिलो मात्रा लगाउने व्यवस्था गरिएको छ । दोस्रो मात्रा सम्बन्धित पालिकामा गएर लगाउने व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्