ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल आयल निगम नेतृत्वविहीन, कार्यकारी निर्देशक पौडेलको तीन वर्षे कार्यकाल पूरा

२०७८ पौष, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं । नेपाल आयल निगम शुक्रवारदेखि ने प्रमुख विहीन भएको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल तीन वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै उक्त पद रिक्त भएको हो । उनले सामाजिक सञ्जालमार्फत तीनवर्षे कार्यकाललाई बिट मारेको बताएका छन् । तत्कालिन सरकारले २०७५ पुस २३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनी कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

‘पदीय गरिमा जोगाउने क्रममा निगमको हितलाई सर्वोपरी ठानी ज्ञान र बुद्धिले भ्याएसम्म अहोरात्र खटिइरहें,’ उनले भनेका छन्, ‘समस्त उपभोक्ताको सर्वतोमुखी हितलाई अर्जुनदृष्टि र अभीष्ट बनाउँदै तीन वर्षको कार्यकाल बिट मारेको छु । इन्धन आपूर्तिको सरल र बक्र दुवै गहिराइका तीतामीठा अनुभूतिसहित उपभोक्ता र निगमको वृद्धिका निम्ति आफूले कति सहजीकरण गर्न सकें या सकिनँ, यसको समग्र मूल्यांकन इतिहासलाई छाडेको छु ।’

गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी पद खाली हुनै लाग्दा  उनलाई पुनर्नियुक्ति नगरेका कारण उक्त पद रिक्त भएको हो।

उनी यसअघि उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक थिए । सरकारले अव निगमको उक्त पदमा नयाँ नियुक्ती गर्ने छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्