ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सहकारीको ब्याजदर बढाउने नभई घटाउनु पर्नेमा मन्त्री श्रेष्ठको जोड, 'जनताको विश्वास टुट्दै गएको छ'

२०७८ पौष, २३  
विविध
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीको ब्याजदर घटाउनुपर्ने बताएकी छन्। सहकारीहरु आफ्नो स्थापनाको उदेश्य, मर्म र भावना अनुसार सञ्चालन हुनु पर्नेमा पनि  श्रेष्ठले जोड दिएकी छन्।

साझा सेवा (सहकारी संस्था) लिमिटेडले आज ललितपुरमा आयोजना गरेको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले सहकारी क्षेत्र उदेश्य र मर्म अनुसार चल्न नसकेको गुनासो आइरहेकाले त्यसमा सुधार आवश्यक रहेको बताएकी हुन् ।

मन्त्री श्रेष्ठले नीतिगत, कानुनी र व्यवहारिक रुपमा रहेका सहकारीका समस्या हल गर्न आफू तयार रहेको भन्दै नियतमा भएको खरावी अन्त्यका लागि सबै लाग्नु पर्ने बताईन् ।

उहाँले संविधानमा व्यवस्था भएको तिनखम्बे नीति अनुसार सहकारीको विकास गरी उत्पादन र उत्पादकत्व बढाएर स्वाधिन अर्थतन्त्रको विकास  र रोजगारी सिर्जना गर्दै गरिबी न्युनिकरणमा महत्वपूर्ण योगदान गर्न सकिने पनि बताईन् ।

यसअघि, आजै नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को ११औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले सहकारीमा व्यजदर बडाउने नभई यसको स्थापनाको मर्म भावना र उदेश्यअनुसार घटाउनु पर्नेमा जोड दिएकी थिइन्।

‘सन्दर्भ व्याजदरको कुरा गर्दा बैंकमा ब्याजदर बढ्दा सहकारीमा पनि बढने र तर घट्दा नघटने प्रवृति नेपालमा छ ।’ मन्त्री श्रेष्ठले भनिन्, ‘त्यसकारण सहकारीको व्याजदर बढाउने होइन, देखिएका अप्ठ्राहरु अर्को कुनै तरिकाबाट फुकाउन पर्छ र सहकारी जसका लागि हो उनीहरुका लागि ब्याजदर बढाउने नभई घटाउनु पर्छ ।’

सहकारीबाट तल्लो तहका जनता लाभान्वित हुने र सहकारी त्यही अनुसार चल्ने भएकाले सोही अनुसार मन्त्रालयले भिजन पेपर तयार पारीरहेको र केही दिन भित्रै उक्त भिजन पेपर सार्वजनिक गर्ने समेत मन्त्री श्रेष्ठले जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले सहकारीले सदस्यमाथि लगानी गर्ने भन्दापनि बचत तथा ऋणको कारोबारमा बढी केन्द्रित हुने गरेको भन्दै सहकारीको सिद्दान्त अनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकेको बताईन् ।

यसले गर्दा सहकारी प्रति बचतकर्ताको विश्वासमा कमी आएको भन्दै जनताको भरोसा नटुटने गरी काम गर्न उनले आाग्रह समेत गरिन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement