ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नेपालमा बढ्यो कोरोना संक्रमण दर : एकैदिन थपिए ९६८ जना संक्रमित

२०७८ पौष, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं । नेपालमा विगत २४ घण्टामा एकैदिन थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार उक्त अवधिमा ८ हजार २७२ पीसीआर परीक्षणमा ५७२ जना र ६ हजार ६९९ एन्टिजेन परीक्षणमा ३९६ जना गरी कुल ९६८ जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै, सोही अवधिमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ जना पुगेको छ ।

यसैगरी, शुक्रवार २६२ जना निको भएसँगै हालसम्म ८ लाख १३ हजार ७०९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्