ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

छिमेक लघुवित्तको २०औं साधारण सभाले पारित गर्‍यो ३०% लाभांश 

२०७८ पौष, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा शुक्रवार होटल सामना प्रालि मकवानपुर, हेटौंडामा सम्पन्न भएको हो । 

सभाले कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले २७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश कर सहित गरेर कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको थियो । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । 

२७ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३२ करोड ४१ लाख पुगेको छ । 

साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा ऋषि राज जोशीलाई आगामी चार वर्षका लागि पुनः निर्विरोध निर्वाचित गरेको छ । 

कम्पनीले हालसम्ममा ६८ ओटा जिल्लामा १९२ ओटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्