ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्वाचित*

२०७८ पौष, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

 पुस २३, काठमाडौं । नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्वाचित भएका छन् ।

निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठनको रुपमा रहेको संघको शुक्रवार सम्पन्न अधिवेशनले क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उनी सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन् ।

उनी यसअघि संघको महासचिव थिए ।  यसैगरी उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ बीरेन्द्र बैदवार क्षेत्री र महासचिवमा नेको इन्स्योरेन्स कम्पनीका सीईओ अशोककुमार खड्का चयन भएका छन् ।


यसैगरी कोषाध्यक्षमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सीईओ युगेशभक्त बादे श्रेष्ठ र सदस्यहरुमा राष्ट्रिय बीमा कम्पनीका कामु सीईओ सुभाष कोइराला, प्रभु इन्स्योरेन्सका सीईओ सञ्चित ब्रजाचार्य, ओरियन्टल इन्स्योरेन्सका सीईओ बिनोद बालचन्द्र घाते, अजोड इन्स्योरेन्सका सीईओ कुमारबहादुर खत्री र जनरल इन्स्योरेन्स कम्पनीका सीईओ रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।

*नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री निर्वाचित समाचारमा, उनी सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्