ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

अनलाइनमार्फत आर्थिक लाभ पुर्‍याउने प्रलोभनमा गैरकानूनी कार्य भएको पाइएमा कारबाही :  गृह मन्त्रालय     

२०७८ पौष, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं । गृह मन्त्रालयले आर्थिक लाभ पुर्‍याउने प्रलोभनमा पछिल्लो समयमा अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानूनी कार्य फष्टाएको भन्दै यस्ता कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ ।     
     
 मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा शुक्रवार जारी विज्ञप्तिमा यस्ता क्रियाकलापबाट ठगी र असुरक्षाको वातावरण सृजना भएको गुनासो प्राप्त भएका उल्लेख गर्दै मन्त्रालयले सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा गाउँ/ समाजमा नेटवर्किङ व्यवसाय, अनलाइन व्यवसाय, अनलाइन बैंकिङ, अनलाइन सहकारी, बीमा, गेमिङजस्ता गैरकानूनी कार्य फष्टाउँदै गएकाले इजाजत प्राप्त बाहेकका क्रियाकलापको निगरानी र नियन्त्रणको कार्य जारी रहेको पनि उल्लेख छ ।     
     
 मन्त्रालयले सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिइ अनलाइन वा विद्युतीय कारोबारका नाममा यस्ता गतिविधि भइरहेको पनि  बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्