ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कोरोना संक्रमण बढेसँगै दाङका विद्यालय बन्द

२०७८ पौष, २४  
शिक्षा प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

पुस २४, दाङ । कोरोना संक्रमण बढेपछि दाङको तुलसीपुर क्षेत्रका विद्यालयहरु बन्द हुने भएका छन् । 

सो क्षेत्रमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको भन्दै पुस २५ गतेदेखि माघ ३ गतेसम्मका लागि विद्यालय बन्द रहने तुलसीपुर उपमहानगरपालिकाले निर्णय गरेको हो ।

तुलसीपुर उपमहानगर शिक्षा, युवा तथा खेलकुद महाशाखाले शुक्रवार विज्ञप्ति जारी गर्दै फैलिदो कोरोना संक्रमणको चेन ब्रेकका लागि पुस २५ गतेदेखि माघ ३ गतेसम्म यस क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयलाई भौतिक रुपमा पठनपाठन रोक्न आग्रह गरेको छ । 

साथै, भौतिक रुपमा भइरहेका आन्तरिक परीक्षा समेत रोक्न आग्रह गरिएको छ । माघ ४ गतेदेखि अवस्था हेरेर विद्यालय खोलिने विज्ञप्तिमा उल्लेख छ । केही दिनदेखि तुलसीपुर क्षेत्रका विद्यालयहरुमा शिक्षक र विद्यार्थीमाथि कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । 

पाँच दिनको अवधिमा सो क्षेत्रमा शिक्षक र विद्यार्थी गरी ८४ जनामा कोरोना पुष्टि भएको छ ।

ओमिक्रोन परीक्षणका लागि २० स्वाव काठमाडौं पठाइयो
तुलसीपुर क्षेत्रका केही विद्यालयमा कोरोना संक्रमण बढेपछि ओमिक्रोन भए नभएको जाँच गर्न २० जनाको स्वाब काठमाडौं पठाइएको छ । 

नयाँ भेरियन्ट ओमिक्रोन भए नभएको जाँचका लागि २० जनाको स्वाब काठमाडांै पठाइएको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement