ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नागरिक स्टक डिलरद्वारा आईपीओ जारी गर्ने प्रस्ताव पारित

धितोपत्रमा लगानी बढाउँदै जाने योजना

२०७८ पौष, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । 

कम्पनीले शुक्रवार काठमाडौंमा दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरी आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । धितोपत्र व्यापारीको काम गर्ने गरी नेपाल धितोपत्र बोर्डको अनुमति पाएको यस कम्पनीले आईपीओ जारी गरी पूँजी बढाउँने योजना अघि सारेको हो । 

हाल रू. ५ अर्ब चुक्तापूँजी रहेको कम्पनीले रू. ३८ खर्बभन्दा बढी पूँजीकरण रहेको धितोपत्र बजारलाई सन्तुलनमा राख्ने गरी कारोबार गर्न नसक्ने भएकाले थप पूँजी जुटाउन लागेको जानकारी दिएको छ ।

कम्पनीले जारी पू्ँजीको ३० प्रतिशतले हुने रू. १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो । कुल कित्ता शेयरमध्ये कम्पनीले २ प्रतिशत कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गर्नेछ । 

यस कम्पनीमा नागरिक लगानीकोषसँगै नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनीको समेत शेयर स्वामित्व रहेको छ । रू. ५ अर्ब पूँजीको यो कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल दूरसञ्चार कम्पनीको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्