ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

शेयर सदस्यलाई लाभांश स्वरुप इन्डक्सन चुल्हो प्रदान गर्न ऊर्जामन्त्रीले दिइन् सुझाव

२०७८ पौष, २४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २४, ललितपुर । श्री गणेश बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । 

सभाका प्रमुख अतिथि एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी आर्थिक वर्षदेखि प्रत्येक शेयर सदस्यलाई लाभांश स्वरुप स्वदेशको विद्युत् खपत गर्न इन्डक्सन चुल्हो  प्रदान गर्न सुझाव दिइन् ।साथै उनले संस्थाले गर्दै आइरहेको वित्तीय सेवाको प्रशंसा गर्दै आउने दिनमा  सदस्य र समाजको हकहितका लागि रचनात्मक कार्यगर्दै जान सुझाव दिइन् । 

यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले  आफुसँग भएको पैसालाई लगानी गर्न आवश्यक रहेको भन्दै वित्तीय संस्थामा राखेमा थप पैसा आर्जन गर्न सकिने बताए । त्यस्तै ज्यापु समाज यलका  प्रथम उपाध्यक्ष सविना अवालेले कोरोना महामारीले थलिएको अर्थतन्त्रमा पनि संस्थाको आर्थिक प्रतिवेदन सन्तुलित रहेको बताइन् ।

सभामा संस्थाका कार्यकारी अध्यक्ष तीर्थलाल महर्जनले सञ्चालक समितिको तर्फबाट आव २०७७/ ०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०७८/ ०७९ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए । 

उक्त प्रतिवेदन अनुसार आव २०७७/ ७८ मा संस्थाको शेयर पूँजी ८ करोड ६ लाख ३२ हजार ९०० रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड ८१ लाख ११हजार ७०९ रुपियाँ रहेको  छ । त्यस्तै संस्थाले ५१ करोड ५७ लाख ४१ हजार ५४२ रुपियाँ निक्षेप संकलन गरी २६ करोड ९० लाख ९७ हजार २४१ रुपियाँ कर्जा लगानी गरेको छ ।

सहकारीले गोदावरी नगरपालिकास्थित लेलेमा १२ रोपनी १४ आना ३ पैसा जग्गा कृषि परियोजना सञ्चालनको लागि जमीन खरीद गरेको पनि सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्