ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

विशेषज्ञ सञ्चालक हटाउने प्रस्ताव अन्योलमा

२०७८ पौष, २५  
१० वर्ष अघि
NA

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा अनिवार्य व्यावसायिक सञ्चालक रहने प्रावधान हटाउन गरेको प्रक्रिया अन्योलमा परेको छ । प्रक्रिया अघि बढेपछि बैंकले गत दुई वर्षदेखि नयाँ विशेषज्ञहरू छनोटसमेत गरेको छैन । यसबाट बजारमा राष्ट्र बैंकले सूचीकृत गरेका विज्ञहरूको अभाव भएको छ । बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) २०६३ को दफा १२ मा बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालक समितिमा एक जना व्यावसायिक विशेषज्ञ राख्नुपर्ने व्यवस्था छ ।

ऐनका दफा १३ अनुसारको योग्यता पुगेका विज्ञहरूको सूची नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष अद्यावधिक गर्नुपर्ने हुन्छ । ‘निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना सञ्चालक छनोट गर्न स्वायत्तता दिने आशयले बाफिया संशोधन गरेर नयाँ व्यवस्था गर्न लागिएको हो,’ नेपाल राष्ट्र बैंकका वित्तीय क्षेत्र नियमन विभागका कार्यकारी निर्देशक सुशीलराम माथेमाले भने, ‘ऐन संशोधनका लागि मस्यौदा तयार पारेर अर्थ मन्त्रालय हुँदै संसद्मा पठाइएको छ । उक्त मस्यौदा संसद्बाट पारित हुन नसक्दा अन्योल सिर्जना भएको हो,’ ‘बाफियामा रहेको बाध्यात्मक व्यवस्थाको अन्त्य गर्न संशोधन प्रस्ताव ६ महिना पहिला नै संसद्मा गएको भए पनि विभिन्न कारणले अहिलेसम्म पारित हुन नसकेको भनाइ अर्थ मन्त्रालयका सहसचिव महेन्द्रमान गुरुङको रहेको छ । नेपाल वित्तीय संस्था संघका अध्यक्ष रामशान्त श्रेष्ठ पनि बाफिया संशोधन नहुँदा आफूहरू अन्योलमा परेको बताउँछन् ।

वर्ष ५ अंक ४९, २०६७, साउन २४–३०

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्