ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सिटिजन्स बैंकको कार्डलेस सुविधा

२०७८ पौष, २५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहक सुविधा लक्षित कार्डलेस क्यास विड्रल सेवा सुरु गरेको छ । यो सुविधामार्फत बंैकका मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकले बिनाकार्ड एटीएमबाट रकम  निकाल्न सक्नेछन् ।

यो प्रविधिमा मोबाइलमा पासवर्ड प्राप्त गरी सो पासवर्ड, निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटीएम मेसिनमा प्रविष्ट भएपछि रकम निकाल्न सकिनेछ ।

नयाँ प्रविधि सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटीएमबाट पैसा निकाल्न सकिने बैंकले बताएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बिनाकार्ड एटीएमबाट पैसा निकाल्ने प्रविधि डिजिटल बंैकिङको क्षेत्रमा महत्वपूर्ण भएको बताए । ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ कारोबार गर्ने समय आएको र बैंकले पनि सोहीअनुसार काम गरिरहेको उनले जानकारी दिए ।

बैंकले यसअघि मोबाइलबाटै खाताको विवरण हेर्ने, विभिन्न उपयोगी सेवाको भुक्तानी, रकमान्तर, नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दती खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसीजस्ता सुविधा दिँदै आएको छ ।

बैंकले हाल १७४ शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ भने छिट्टै काठमाडौं उपत्यकामा थप ६ शाखा विस्तारको तयारी भइरहेको बताएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्