ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

प्राइम लाइफद्वारा मृत्यु दाबी रकम वितरण

२०७८ पौष, २५  
बजार
Image Not Found

रोल्पा (अस) । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले रोल्पाको लुङ्ग्री गाउँपालिका–७ हार्जङका सुरेश घर्तीको मृत्यु दाबी रकम वितरण गरेको छ । कम्पनीका रोल्पा शाखा प्रबन्धक टीकाराम जिसीको उपस्थितिमा लुङ्ग्री पालिका अध्यक्ष दुर्गाबहादुर खड्काले घर्तीकी पत्नी निमा घर्तीलाई ११ लाख रुपैयाँ रकम हस्तारण गरेका हुन् । ३७ वर्षीय घर्तीको दाउरा काट्न गएका बेला दुई महिनाअघि लडेर मृत्यु भएको थियो । घर्तीले दुई वर्षअघि गरेको बीमाको १० लाख र किरिया खर्चबापत १ लाख गरी ११ लाख भुक्तानी गरिएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्