ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

महालक्ष्मी विकास बैंक–इशान बाल तथा महिला अस्पताल सम्झौता

२०७८ पौष, २५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले इशान बाल तथा महिला अस्पताल प्रालिसँग सम्झौता गरेको छ ।

सम्झौतापछि बैंकको डेबिट कार्ड, क्युआर, महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले अस्पतालको ओपिडी टिकट, ल्याब, भिडियो एक्सरे, इको, इसीजी र बेड भर्नामा छुट पाउन सक्नेछन् । सम्झौतापत्रमा अस्पतालका कार्यकारी निर्देशक रामनन्दनप्रसाद चौधरी र बैंकका वसुन्धारा शाखा प्रमुख विकास देवकोटाले हस्ताक्षर गरे । सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हाल बैंकले १०३ वटा शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्