ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

३५२ फर्मलाई मूल्य अभिवृद्धि कर बक्यौता तिर्न आन्तरिक राजस्वको ताकेता

२०७८ पौष, २५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। आन्तरिक राजस्व विभाग पुतलीसडक र बानेश्वर कार्यालयले ३५२ फर्मलाई कर दाखिला गर्न सूचना जारी गरेका छन् ।

पुतलीसडक कारररर्यालयले ५ लाख रुपैयाँ भन्दा बढी कर दाखिला गर्न बाँकी रहेका २५६ कम्पनीको नाममा १५ दिने सूचना जारी गरेको छ ।

बानेश्वर कार्यालयले भने ९६ कम्पनीको नाममा ७ दिने सूचना जारी गरेको छ ।

कर तिर्नु नपर्ने प्रमाण पेश नगरेको र पटक पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएपछि कार्यालयले पत्रिकामा सूचना प्रकाशित गरेका छन् ।

कर चुक्ता गर्न बाँकी कम्पनीहरुमा अधिकांस निर्माण व्यवसायी रहेका छन्।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्