ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कर्पोरेट डेभलपमेन्ट बैंकको १५० % हकप्रद शेयर सुरक्षित गर्ने आइतवार अन्तिम दिन 

२०७८ पौष, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि  निष्कासन गर्न लागेको १५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने पुस २५ गते आइतवार अन्तिम दिन रहेको छ । 

कम्पनीले पुस २६ गते एक दिन हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गर्न लागेकाले पुस २५ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य हुने भएका हुन् । 

कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा रू. ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको उक्त कम्पनीको हकप्रद पश्चात चुक्तापूँजी रू. ५० करोड पुग्नेछ । 

कम्पनीको अधिकृत पूँजी रू. ६४ करोड र जारी पूँजी रू. ५० करोड रहेको छ । हकप्रद पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ । यो हकप्रद शेयर माघ २७ गतेसम्म विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ ।

यो शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुसँगै मेरो शेयरमार्फत पनि यो शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । आर्थिक वर्ष ०७९/ ८० सम्ममा कम्पनीले चुक्तापूँजी रू. ५५ करोड कायम गर्ने प्रक्षेपण गरेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको रू. ११ लाख ५५ हजार खुद नाफा रहेको छ भने जगेडा कोष रकम रू. १४ करोड १६ लाखभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव १३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ९२ छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्