ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सामसङको मुनाफा ५२ % ले बढ्ने अपेक्षा

२०७८ पौष, २५  
प्रविधि अन्तरराष्ट्रिय
Image Not Found

पुस २५, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दरमा बढ्ने अपेक्षा गरिएको छ ।

सन् २०२१ को अन्तिम तीन महीनामा कम्पनीले १३८ खर्ब वन मुनाफा गर्ने अपेक्षा गरिएको छ । मुनाफाको यो आकार गतवर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले धेरै हुने छ । यो चार वर्षयता चौथो त्रैमासको उच्च मुनाफा पनि हुनेछ ।

सर्भर मेमोरी  चिपको उच्च माग र चिप करार म्यानुफ्याक्चरिङ व्यवसायमा उच्च मुनाफाका कारण मुनाफा बढ्ने कम्पनीले बताएको छ । 

पीसी र विद्युतीय सामग्रीको कीर्तिमानी मागका कारण कम्पनीको मुनाफा बढ्ने क्रममा रहेको प्रविधि विश्लेषक साम रेनोल्डको भनाइ छ । मुद्राको विनिमय दरमा आइरहेको उतारचढावले  पनि कम्पनीलाई लाभ मिलेको उनी बताउँछन् ।

यद्यपि, गत त्रैमासमा अपेक्षित मुनाफा यसअघि अनुमान गरिएको भन्दा चाहीं कम हुनेछ । डिसेम्बर त्रैमासमा कम्पनीको मुनाफा १५२ खर्ब वन रहने विश्लेषकहरुको अनुमान थियो ।एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्