काठमाडौं। धनगढी-खुटिया-दिपायल-चैनपुर-उरैभन्ज्याङ सडक खण्डमा थप ६ वटा पुलको ठेक्का लागेको छ।
आयोजनाले गत भदौमै पुलको ठेक्का आह्वान गरेको थियो। सबैभन्दा कम रकम कबोल गरेर ठेक्का हात पार्ने ४ ओटा निर्माण कम्पनि रहेका छन्।
कञ्चनपुरको मित्र बिल्डर्सले मात्रै ३ ओटा पुलको ठेक्का हात पारेको छ। मित्रले कैलालीमा रहेका ३ वटा पुल निर्माण गर्ने छ।
टीडीआर कन्स्ट्रक्सनले पनि कैलालीकै एउटा पुल निर्माण गर्ने छ। बाँकी रहेका २ ओटा पुल भने डोटीमा निर्माण हुने छन्। डोटीमा निर्माण हुने पुल मालिका/शनीदेभी जेभी र गलवा/जगदम्बा जेभीले निर्माण गर्ने छन्।
कैलालीमा मटेली, चौकीगडा, चेपे र काला नदीमा पुल बन्ने पुलको ठेक्का लागेको हो । डोटीमा भने नकुराडी र सालकोट नदीमा पुलको ठेक्का लागेको हो ।
धनगढी हसनपुरबाट सुरु भएर स्याउले खुटिया हुँदै दिपायल चैनपुर र चिनियाँ सीमाना उरैभन्ज्याङसम्म जोड्ने सडकको चर्चा धेरै भएपनि काम भने हुन सकेको छैन। अहिले कैलालीमा बाटो फराकिलो बनाएर कालोपत्रे गर्ने काम भएपनि पहाडी क्षेत्रमा भने ट्र्याकै खुल्न सकेको छैन।