ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

२०७८ पौष, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टाको अवधिमा मध्य भोटेकोशी  जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २५९ दशमलव १० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

यो समाचार तयार पार्दाको समयसम्ममा मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ३ लाख ६९ हजार ४६२ खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।  कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत भएदेखि नै उच्च दरमा मूल्य वृद्धि हुँदै आएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्