ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

वेष्ट फाइनान्सको संस्थापक शेयर विक्रीमा

२०७८ पौष, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, काठमाडौं । वेष्ट फाइनान्स लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । 

कम्पनीले आठ जना सञ्चालकको नाममा रहेको कुल १ लाख १५ हजार ५८५ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । 

पहिलो प्राथमिकता कम्पनीका संस्थापक शेयरधनीलाई दिनुपर्ने भन्दै कम्पनीले इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादीस्थित प्रधान कार्यालयमा निवेदन दिन भनेको छ । 

उक्त अवधिमा कुनै पनि संस्थापक शेयरधनीहरुको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई विक्री गर्न सकिने  पनि कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्