ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

महुली लघुवित्तको साधारण सभा सम्पन्न, लाभांशसहित एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित

२०७८ पौष, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सभा शनिवार कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण - ६ मुहली, सप्तरीमा सम्पन्न भएको हो । सभाले २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्नुका साथै आव २०७८/ ७९ को लागि लेखापरिक्षको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले प्रिमियममा एफपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

सभाले अर्को उपयुक्त वित्तीय संस्थालाई गाभ्ने गाभिने अथवा अन्य कुनै कम्पनीसँग गाभिने प्रयोजनको लागि आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्