ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

बुद्धभूमि नेपालको आईपीओ शेयरधनीको डिम्याट खातामा, नेप्सेमा आईपीओ सूचीकरण प्रक्रियामा

२०७८ पौष, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आईपीओ शेयरधनीको हितग्राही खातामा आइपुगेको छ । 

शेयरधनीको हितग्राही खातामा बीएनएचसी स्टक संकेतबाट आईपीओ जम्मा भएको हो ।

कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले ४० हजार कित्ता कर्मचारी, १६ हजार कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको थियो । उक्त आईपीओ गत असोज २२ गते गोलाप्रथाद्वारा बाँडफाँड भएको थियो । 

कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकरण प्रक्रियामा रहेको छ । पहिलो कारोबारका लागि कम्पनीले प्रतिकित्ता रू. ८४ दशमलव  दशमलव शून्य ५ देखि रू. २५२ दशमलव १५ ओपन रेञ्ज पाउने देखिएको छ । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाउने देखिएको हो । कम्पनीको आव २०७६÷७७ को वास्तविक नेटवर्थ भने रू.८४ दशमलव शून्य ५ रहेको छ । सोहीको आधारमा नेप्सेले पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्दछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्