ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अपि पावर कम्पनीसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ पौष, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको तीन घण्टाको अवधिमा अपि पावर कम्पनीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

कारोबारमा आएका २३५ ओटा धितोपत्रमध्ये अपि पावर कम्पनीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । अपि पावर कम्पनी, मध्य भोटकोशी जलविद्युत् कम्पनी,सिद्धार्थ इक्विटी फण्ड,सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोग स्किम - २  र शिवम् सिमेन्टको शेयरमा उच्च खरीद माग रहेको हो । 

ती पाँच  ओटा धितोपत्रमध्ये सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत् कम्पनीको ४ लाख ४ हजार ४४४ कित्ता शेयर खरीद माग रहेको छ । त्यसैगरी सिद्धार्थ इक्वटी फण्डको ३ लाख ४७ हजार २१५,सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम - २ को ३ लाख ५००  इकाई, अपि पावर कम्पनीको २ लाख ६५ हजार २३४ कित्ता  र शिवम् सिमेन्टको २ लाख २० हजार ७७२ कित्ता शेयर खरीद माग रहेको छ ।

 यो समचार तयार पार्दासम्म नेप्से परिसूचक ५७ दशमलव २१ अंक बढेर २ हजार ७४९ दशमलव ६८ विन्दुमा पुगेको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement