ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

एभरेष्ट बैंकको २ अर्ब बराबरको ऋणपत्र माघ ३ गतेदेखि विक्रीमा

२०७८ पौष, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले माघ ३ गतेदेखि वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन गर्ने भएको छ । 

कम्पनीले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र - २०८६’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

 कुल कित्तामध्ये रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता भने कम्पनी आफैंले व्यक्तिगत तवरबाट विक्री गर्ने जानकारी दिएको छ ।

सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।८ वर्षे अवधिको उक्त ऋणपत्र खरीदका लागि छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिनुपर्ने व्यवस्था छ ।

छिटो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ १७ गतेसम्म लम्बिनेछ । उक्त ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । 

कम्पनीको उक्त ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले कम कर्जा जोखिमको संकेत गर्ने  ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।

कम्पनीले उक्त ऋणपत्र निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २० गते अनुमति पाएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्