ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

भारतमा थप १ लाख ५९ हजारभन्दा बढीमा कोरोना संक्रमण, ओमिक्रोन संक्रमितको संख्या तीन हजार ६०० नाघ्यो

२०७८ पौष, २५  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २५, नयाँदिल्ली (भारत) । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतवार जानकारी दिएको छ । 

यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख ८ हजार संक्रमित भएका छन् । 

हाल यहाँ तीन हजार ५२३ जना ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्त्रालयले आइतवार जानकारी दिएको छ । ओमिक्रोनका ती संक्रमितहरुमा एक हजार ४०९ जना भने कोरोना मुक्त भएका जानकारी दिइएको छ । 

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या पाँच लाख ९० हजार ६११ रहेका छन् । गएको २४ घण्टामा भारतमा ४० हजार ८६३ जना कोरोनाबाट मुक्त भएका छन् । 

यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४४ लाख ५३ हजार ६०३ जना कोरोना संक्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९६ दशमलव ९८ प्रतिशत रहेको जानकारी दिइएको छ । 

सोही अवधिमा थप ३२७ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८३ हजार ७९० छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

कोरोना शुरु भएदेखि हालसम्म ६९ करोड ३४ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५१ करोड ५७ लाख ६० हजार भन्दा बढी डोज खोप लगाइएको जानकरी दिइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्