ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल निर्माण व्यवसायी संघ धनकुटाको अध्यक्षमा पुनः अर्जुन केसी निर्वाचित

२०७८ पौष, २५  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाको १६ औं साधारण सभा तथा १० औं जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः अर्जुन केसी निर्वाचित भएका छन् । 

शुक्रवार राति सम्पन्न जिल्ला अधिवेशनले आगामी तीन वर्षको लागि पुनः अध्यक्षमा केसीलाई चयन गरेको हो । नवौं जिल्ला अधिवेशनबाट पनि अध्यक्षमा केसी निर्वाचित भएका थिए ।

१०औं जिल्ला अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्ष प्रकाश थुलुङ, उपाध्यक्षमा यज्ञबहादुर राई, महासचिवमा मनोज राई, सचिवमा चन्द्रसिंह नेम्वाङ, कोषाध्यक्षमा ओमबहादुर बस्नेत, सह–कोषाध्यक्षमा सुवास राईलाई चयन गरेको निर्वाचन अधिकृत खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । 

त्यस्तै, सदस्यहरुमा कमलबहादुर राई, गोविन्द थापा, दिनेश राई, दिलकुमार राई, प्रज्वल श्रेष्ठ, भूपालसिंह लिम्बु, सरन तामाङ लगायत चयन भएका घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्