ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

शेयर बजार अर्थतन्त्रको अभिन्न अंग : गभर्नर अधिकारी

२०७८ पौष, २५  
समाचार
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

पुस २५, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर बजार अर्थतन्त्रको अभिन्न अंग रहेको भन्दै यसले अर्थतन्त्रको पछिल्लो अवस्था झल्कने बताएका छन् ।

लेखा समितिमा आइतवार आयोजित छलफलमा उनले शेयर बजार नराम्रो चिज होइन, अर्थतन्त्रको महत्त्वपूर्ण अंग हो भनेका छन् । साथै उनले शेयर बजार स्थिर हुनुपर्छ भन्दै  अर्थतन्त्र कुन अवस्थामा छ, त्यो शेयर बजारमार्फत रिफ्लेक्ट हुन्छ भनेका छन् ।

‘शेयर बजार पूँजी निर्माणको आधार हो, अर्थतन्त्रका सूचकहरु हेर्दा शेयर बजारलाई समेत हेर्ने गरिन्छ’, गभर्नर अधिकारीले भने ।

उनले अहिलेको अवस्थामा अर्थतन्त्र संकटमा आइनसकेको तर चुनौतीपूर्ण अवस्थामा भने रहेको बताए । उनले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको पनि बताए ।

उनले यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्नसमेत चुनौती थपिएको बताए । उनले यो साताबाट तरलता केही सहज बनेको  बताउँदै अर्थतन्त्रमा चुनौती भने बाह्य क्षेत्रको चाप रहेको र यसको मुख्य कारण बढ्दो आयात बताए ।

उनले वित्तीय प्रणालीको स्थिरताका लागि राष्ट्र बैंकले ब्याजदर नियन्त्रणको नीति लिएको बताएका छन् ।

समयमै ब्याजदरलाई नियन्त्रण गर्ने गरी नीति नलिएको भए अहिले कर्जाको ब्याज निकै माथि पुग्ने थियो भन्दै उनले वित्तीय प्रणालीको स्थिरताका लागि हस्तक्षेप आवश्यक भएको बताए ।
उनले कर्जाको प्रयोग आन्तरिक परिचालनभन्दा आयातमा बढी प्रयोग भएको हुँदा बजारमा तरलता अभाव भएको बताए ।

यसैगरी अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले कोभिड- १९ विरुद्धको लडाइमा अर्थतन्त्रमा प्रभाव नपर्ने गरी नीति लिनुपर्ने बताए । उनले  अर्थतन्त्र मुलुकको लाइफलाइन भएको भन्दै यसलाई सकेसम्म कम प्रभावित हुने गरी नीति लिनुपर्ने बताए । उनले यदि यसो गर्न सकिए चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुनसक्ने पनि बताए ।
 

 छलफलमा सांसद अमनलाल मोदी तथा पार्वती बिसीलगायतले देशको अर्थतन्त्र विद्यमान अवस्थाको बारेमा गभर्नर तथा अर्थसचिवको धारणा मागेका थिए ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement