ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग माग्यो अनुमति

२०७८ पौष, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । 

कम्पनीले रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि पुस २१ गते सेबोनमा निवेदन दिएको हो । 

कुल २५ लाख कित्तामध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता ब्याक्तिगत तवरबाट विक्री गर्ने जानकारी गराएको छ ।  विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

कम्पनीले वार्षिक १० प्रतिशत ब्याजदरमा २०८८ सम्मका लागि ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्