ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

एकैदिन थपिए १ हजार १६७ कोरोना संक्रमित, २ जनाको मृत्यु

२०७८ पौष, २५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, काठमाडौं । नेपालमा एकैदिन १ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार पीसीआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जना गरी कुल १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर ६ हजार ७५५ जना कोरोनाका संक्रिय संक्रमित छन् । 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६०४ पुगेको छ ।  

काठमाडौं उपत्यकामा आइतवार ६१५ जना नयाँ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन् । 

यसैगरी, आइतवार २२४ जना निको भएसँगै हालसम्म ८ लाख १४ हजार २३० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्