ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

दाङमा स्वास्थ्य बीमा गराउनेको संख्या बढ्दै

२०७८ पौष, २६  
लुम्बिनी प्रदेश
NA

दाङ । सरकारले बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ ।     

उक्त कार्यक्रमअन्तर्गत दाङमा ११ महिने अवधिमा करिब १८ हजार जनाले स्वास्थ्य बीमा गराएका छन् । गत वर्ष माघ ३० गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो । नागरिकले सूचना नपाउँदा र कोरोना महामारीका कारण स्वास्थ्य बीमा कार्यक्रममा प्रभाव पारेको कार्यालयले जनाएको छ । अगामी असारसम्म जिल्लाका साढे २ लाख नागरिकलाई बीमामा आबद्ध गराउने लक्ष्य छ । ३ हजार ५०० तिरेर बीमा गरेपछि वर्षभरमा १ लाखसम्म स्वास्थ्योपचार लिन सकिने व्यवस्था छ । ६ जनाभन्दा बढी परिवारका सदस्य भए प्रतिसदस्य ७०० जम्मा गर्दै जाने र २ लाखसम्मको बीमा रकम सरकारले उपलब्ध गराउने उल्लेख छ ।  

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्