ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

द्वन्द्वपीडितलाई नि:शुल्क स्वास्थ्य बीमा

२०७८ पौष, २६  
लुम्बिनी प्रदेश
NA

दाङ । घोराही उपमहानगर–१७ ले जिल्लामै पहिलो पटक द्वन्द्वपीडितका लागि नि:शुल्क स्वास्थ्य बीमा सुरु गरेको छ । घोराही उपमहानगर प्रमुख नरुलाल चौधरीका अनुसार जनआन्दोलनका घाइते, सहिद र बेपत्ता परिवारका लागि नि:शुल्क स्वास्थ्य बीमा व्यवस्था गरिएको हो । वडा–१७ का वडाध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक वर्ष द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । चालू आर्थिक वर्षमा द्वन्द्वपीडितका लागि नि:शुल्क स्वास्थ्य बीमाको कार्यक्रम अघि अगाडि बढाइएको उनको भनाइ छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्