ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न

२०७८ पौष, २६  
बजार
Image Not Found

काठमाडौं (अस) । हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन्न भएको छ । रोयल नेपाल गल्फ कोर्स मैदानमा पुस २३ देखि २४ गतेसम्म  प्रतियोगिता सञ्चालन गरिएको हो । स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालित उक्त प्रतियोगितामा एआईजी हरिबहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भए ।

३७ अंकका साथ मेजर जनरल विजय मोक्तानले दोस्रो पुरस्कार हात पारे । महिला तर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भइन् ।

सिनियरतर्फको उपाधि मेजर जनरल कमलसिंह प्रधानले ३४ अंकसहित हात पारे । विभिन्न विधामा सम्पन्न भएको उक्त प्रतियोगितामा हिमालयन बैंकका जयन्द्रविक्रम शाहले ३१ अंकका साथ उपाधि जिते ।

पुरुष जुनियरतर्फ टासी शेर्पा २५ अंकका साथ विजयी भए । महिला जुनियरको उपाधि १८ अंकको साथमा अन्भद्या मल्लले पाइन् । जुनियर लंगेस्ट ड्राइभको उपाधि जयवीर आचार्यले जिते भने जुनियर क्लोजेस्ट टु द पिन इदान्त सिंह साउदले जिते । प्रतियोगितामा बैंक अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सञ्चालक विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा, महाप्रबन्धक अनुप मास्केलगायत उपस्थित थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्