ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

पूर्वाधार विकास बैंकको पुँजी रू. १० अर्ब

२०७८ पौष, २६  
१० वर्ष अघि
NA

प्रस्तावित पूर्वाधार विकास बैंकको चुक्ता पुँजी १० अर्ब हुने भएको छ । पूर्वाधार विकासका लागि दीर्घकालीन लगानीमा सहयोग गर्न तथा ठूला परियोजनाहरूमा सहायता गर्ने उद्देश्यले पूर्वाधार बैंक खुल्ने भएको हो । अहिले पूर्वाधार विकासको क्षेत्रमा काम गरिरहेको हिमालयन इन्फ्रास्ट्रक्चर फन्डको रूपमा बैंक स्थापना हुन लागेको छ ।  ५१ प्रतिशत स्वदेशी लगानी रहने यस फन्डले २० प्रतिशत लगानी गर्नेछ भने बाँकी अन्य साझेदारहरूले लगानी गर्नेछन् । यसमा सरकारको ११ प्रतिशत र नेपालका बैंकहरूको २० प्रतिशत लगानी रहनेछ । स्थापनापछि यो बैंक नेपालकै सबैभन्दा ठूलो बैंक हुनेछ । ‘बैंकले हिमालयन इन्फ्रास्ट्रक्चर फन्डकै नामका काम शुरू गर्नेछ,’ फन्डका वर्तमान निर्देशक महेश्वर श्रेष्ठले भने ।

बैंकका लागि विदेशी रणनीतिक साझेदारलाई भित्र्याउने तयारी पनि भइरहेको छ । लगानीको ४९ प्रतिशत विदेशी साझेदारको रहनेछ । एसियन विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम, जर्मन बहुपक्षीय संस्था (डीआईजी) र केही भारतीय बैंकको लगानी आउने सम्भावना रहेको श्रेष्ठले बताए । ‘यी संस्थाहरूसँग समझदारीपत्रमा हस्ताक्षरसमेत भइसकेको छ । तर पूर्वाधार बैंक सम्बन्धी ऐन परिमार्जनको काम संसद्मा अड्केकोले त्यस सम्बन्धी सेवाशर्तहरू ऐनमा आउन सकेका छैनन् । यसले गर्दा ऐन संशोधनपछि मात्र यस सम्बन्धमा साझेदारहरूको अन्तिम निर्णय आउनेछ,’ उनले भने ।

बैंक स्थापनाको लागि झन्डै चार वर्षदेखि गृहकार्य भए पनि कानुन नभएकै कारण रोकिएको थियो ।

वर्ष ५ अंक ४९, २०६७, साउन २४–३०

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्