ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

बारामा २९ हजार ७०० हेक्टर क्षेत्रफलमा गहुँखेती

२०७८ पौष, २६  
मधेश प्रदेश
NA

कलैया । बारामा गहुँखेती गरिँदै आएको क्षेत्रफलमा वृद्धि भएको छ । गतवर्षको तुलनामा यस वर्ष २०० हेक्टर क्षेत्रफलमा गहुँखेती वृद्धि भएको कृषि ज्ञान केन्द्र बाराले बताएको छ । गतवर्ष बारामा २९ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकोमा यो वर्ष २९ हजार ७०० हेक्टर क्षेत्रफलमा गरिएको छ । ती क्षेत्रफलमा भृकुटी, विजय, आदित्य नेपाल ९७१, २९७, डब्ल्यू १४०४ जातका गहुँ लगाएको केन्द्रका कृषि विज्ञ गेनालाल मण्डलले जानकारी दिए । प्राविधिक नियमानुसार पुस १५ गतेभित्र गहुँखेती गरिसक्नुपर्नेमा केही किसान माघको पहिलो सातासम्म खेती गर्ने लक्ष्य राखेको केन्द्रका कृषि विज्ञ मण्डलले भने । बारामा आव २०७७/७८ प्रतिहेक्टर २ दशमलव ८ प्रतिशतले ८२ हजार ६०० मेट्रिकटन गहुँ उत्पादन भएको केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्