ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कामना सेवा विकास बैंक–नमस्ते पे साझेदारी

२०७८ पौष, २६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । कामना सेवा विकास बैंक र नमस्ते पेबीच नेपाल टेलिकमको डिजिटल वालेट सुविधा आदान–प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले  हस्ताक्षर गरे ।   

बैंकको मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकले आफ्नो खातामा रहेको रकम मोबाइल बैंकिङमार्फत नमस्ते पेमा फण्ड लोड गरी क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, विद्युतीय महसुल, खानेपानी महसुल भुक्तानी, मोबाइल टपअपलगायत विभिन्न भुक्तानी सुविधा लिन सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्