ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

चोङबाङ बने यामाहा दशैं योजनाका विजेता

२०७८ पौष, २६  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले गत दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘रेस फर द एस’ को विजेता इटहरीका इन्द्रनारायण चोङबाङ भएका छन् ।

भदौ १५ गतेबाट सुरु भएको यो योजना मंसिर १४ गतेसम्म चलेको थियो ।

९ सातासम्म चलेको योजना अवधिभर यामाहाका जुनसुकै बाइक खरिदमा ग्राहकलाई ८ हजारदेखि १ लाखसम्म तत्काल छुट दिइएको थियो ।

त्यसैगरी स्किम अवधिभर बाइक खरिद गर्ने ग्राहकलाई हरेक साता गोल्डेन एस टिकट र बम्पर विजेताका लागि तीन गोल्डेन एस टिकट जित्ने अवसर थियो ।

प्रत्येक साताका एस कार्ड विजेतालाई ४ तोला सुन र बम्पर विजेतालाई १२ तोला सुन पुरस्कारस्वरूप वितरण गरिएको कम्पनीले बताएको छ ।

नेपालभरबाट लक्की ड्रमार्फत विजेता छनोट गरिएको योजनाको बम्पर विजेता चोङबाङले तिरुपति अटो सिटीबाट यामाहा एफजी डबल डिस्क ब्रेक खरिद गरेका थिए ।

यामाहा नेपालले आगामी दिनमा पनि यस किसिमका स्किमलाई निरन्तरता दिने कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्