ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सोमवार प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य 

२०७८ पौष, २६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २६, काठमाडौं । सोमवार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ । स्थानीय बजारमा सोमवार सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् आइतवारको तुलनामा रू. ३०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भएको छ । छापावाला सुनको मूल्य आइतवार प्रतितोला रू. ९१ हजार ६०० मा कारोबार भएको थियो । अघिल्लो कारोबाको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. ३०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला रू. ९१ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो कारोबार दिन प्रतितोला रू. १ हजार २२५ मा कारोबार भएको चाँदी सोमवार रू. ५ ले घटेर पनि रू. १ हजार २२० मा किनबेच भइरहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्