ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

एशियन लाइफ इन्स्योरेन्सको २७ % लाभांश बीमा समितिबाट स्वीकृत

२०७८ पौष, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २६, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । 

कम्पनीले आव २०७६/ ७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांशलाई बीमा समितिले स्वीकृत गरेको हो ।

बीमा समितिबाट स्वीकृती पाएसँगै अव कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू.२ अर्ब १ करोड ७ लाख रहेको छ । २५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको पूँजी रू. २ अर्ब ५१ करोड ३४ लाख पुग्नेछ ।

 कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा रू. ९ करोड ६२ लाख ९४ हजार नाफा कमाएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्