ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

मध्य भोटेकोशी जलविद्युत् र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सर्किट

२०७८ पौष, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २६, काठमाडौं । साताको दोस्रो  कारोबार दिन सोमवार बजार खुलेको डेढ घण्टाको अवधिमा दुई ओटा अलग - अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

उक्त अवधिसम्ममा कारोबारमा आएका २१८ ओटा धितोपत्रमध्ये मध्य भोटेकोशी जलविद्युत् र कर्पोरेट डेभलपमेन्ट बैंकको  शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । 

मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य रू. २८५ र कर्पोरेट डेभलपमेन्ट बैंकको रू. ५०० दशलमव २० पुगेको छ । बजार बढेसँगै ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।  

उक्त अवधिसम्ममा नेप्से परिसूचक १५ दशमलव ५२ अंकले बढेर २ हजार ७८१ दशमलव शून्य ३ अंकमा पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्