ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कोरोना संक्रमण फैलिएसँगै राष्ट्र बैंकले नयाँ निर्देशन : ‘भीडभाड नहुने व्यवस्था मिलाउनू’

२०७८ पौष, २६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २६, काठमाडौं ।  कारोना संक्रमण फैलन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई भीडभाड नहुने व्यवस्था मिलाउन नयाँ निर्देशन जारी गरेको छ ।

बैंकले सोमवार कारोना संक्रमण फैलन थालेको भन्दै सुरक्षा सम्बन्धि मापदण्ड पलना गर्दै सेवा प्रवाह गर्न आग्रह गरेको हो ।

सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक उपायहरु अमलम्वन गर्न भनेको छ । त्यस्तै सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न निर्देशन दिएको छ । 

त्यस्तै बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटीएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुल्ला राखी स्यानेटाइजरको व्यवस्था गर्ने र बैठक /गोष्ठी, तालिम जस्ता भौतिक दूरी सुनिश्चित गर्ने र सकभर अनलाइनमार्फत नै गर्न आग्रह गरेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्