ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

६ ओटा जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश, सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्सको 

२०७८ पौष, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १२ ओटा जीवन बीमा कम्पनीमध्ये हालसम्म ६ ओटा जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । 

६ ओटै कम्पनीले अघिल्लो आव २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । ती कम्पनीमध्ये तीन ओटा कम्पनीले साधारण सभा सम्पन्न गरिसकेका छन् । 

प्राइम लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभा सम्पन्न गरिसकेका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १९ गते, सूर्या लाइफ इन्स्योरेन्सले पुस १९ गते र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पुस ११ गते साधारण सभा सम्पन्न गरेका हुन् । 

बाँकी तीन ओटा कम्पनी एशियन लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाउन बाँकी रहेको छ । 

हालसम्म लाभांश घोषणा गरेका कम्पनीहरुमध्ये सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीले कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश कर सहित गरेर कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्तावित लाभांश बीमा समितिले स्वीकृत गरेको छ भने अब कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले शेयरधनीलाई आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । 

त्यसैगरी, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । यी प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । 

जीवन बीमा कम्पनीहरुको बीमाङ्किय मूल्याङन (एक्चुअरी भ्यालुएसन)का कारण साधारण सभा एक वर्ष ढिला हुँदै आएको छ । नेपालमा दक्ष जनशत्तिको आभावका कारण एक्युअरी भ्यालुएसन भारतमा गराउनु पर्ने भएकाले र वित्तीय विवरणको लेखापरिक्षण छिटो नहुँदा जीवन बीमा कम्पनीहरुको लाभांश घोषणा र साधारण सभामा ढिलाई भएको हो । 

                                                                           स्रोत : कम्पनीद्वारा प्रकाशित सूचना 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्