ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सांग्रिला डेभलपमेन्ट बैंक आगन्तुक रिसोर्ट सम्झौता

२०७८ पौष, २७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंक र आगन्तुक रिसोर्ट प्रालिबीच सम्झौता भएको छ । बैंकका कर्मचारी र ग्राहकलाई छुट दिनेसम्बन्धी उक्त सहमतिपत्रमा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र आगन्तुक रिसोर्ट  सञ्चालक संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले आगन्तुक रिसोर्टबाट प्राप्त हुने सेवामध्ये खाना तथा पेय पदार्थमा वढीमा १५ प्रतिशत र आवासमा २३ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहक तथा कर्मचारीले सेवा खरिद गर्दा बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ वा क्यूआर कोर्डमार्फत सेवा खरिद गरी उक्त छुट प्राप्त गर्न सक्नेछन् । हाल बैंकले १०५ शाखा, ३२ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्