ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

बुटवल पावरको साधारणसभा सम्पन्न

२०७८ पौष, २७  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । बुटवल पावर कम्पनीको २९ औं वार्षिक साधारणसभा केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौंमा सम्पन्न भएको छ ।

सञ्चालक समिति अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न सभाले आव ०७७/७८ को लेखापरीक्षण प्रतिवेदनसहितका वित्तिय विवरण, आव ०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणलाई पनि पारित गरेको छ ।

साधारणसभाले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस शेयर वितरण गर्ने, बोनस शेयर वितरणका लागि चुक्ता पुँजी वृद्धि गर्नेलगायत प्रस्ताव पारित गरेको छ ।

सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम स्वीकृति लिएर नगद लाभांश यथाशक्य छिटो शेयरधनीलाई वितरण गरिने कम्पनीले बताएको छ । बोनस शेयर जारी भएसँगै कम्पनीको चुक्ता पुँजी रु. ३,२४,६३,२६,८०० कायम हुनेछ ।

हाल कम्पनीले ९.४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत्गृह सञ्चालन छन् । साथै, सहायक तथा सम्बद्ध कम्पनीमार्फत सञ्चालित ४ मेगावाटको खुदी जलविद्युत्गृह र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत्गृह सञ्चालन हुँदै आएको छ ।

निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई प्रसारण लाइन तथा सबस्टेसन अभावले विद्युत् उत्पादन तथा वितरण ढिलाइ हुन गएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्