ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

बीओकेका ग्राहकलाई सुसी बारमा छुट

२०७८ पौष, २७  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) र द सुसी बार मल्टिफ्युजन कुजिनबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत छुट पाउनेछन् ।

बैंकका ग्राहकले द सुसी बार मल्टिफ्युजन कुजिनमा उपलब्ध हुने सम्पूर्ण सेवामा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । छुट  उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । द सुसी बार मल्टिफ्युजन कुजिनले ठमेलस्थित छाया सेन्टरबाट सेवाग्राहीलाई सुविधा दिँदै आएको छ । हाल बैंकले ९४ शाखा, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्