ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कामना सेवा विकास बैंक–मोको एप सम्झौता

२०७८ पौष, २७  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । कामना सेवा विकास बैंक र मोको एपबीच फोकसवन पेमेन्ट सोलुसन्सको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने गरी साझेदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र फोकसवन पेमेन्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरे ।

मोकोे एप नेपालमा पहिलो ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो, जसमा ग्राहकले सहजै आफ्ना कार्डको विवरण राखी तुरुन्तै क्यूआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटमा पेमेन्ट गर्न सक्नेछन् ।

बैंकका भिसा कार्डवाहकले मोको एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरिद तथा टेलिकम टप–अप, इन्टरनेट र बिजुलीको बिललगायत विभिन्न सेवा भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन् । यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटक–पटक ब्यालेन्स लोड गरी रहनुपर्दैन ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्