ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

पीएनबीको एभरेष्टमा हिस्सा बढाउने पहल

२०७८ पौष, २७  
१० वर्ष अघि
NA

एभरेष्ट बैंकको प्रमुख साझेदार पञ्जाब नेशनल बैंकले आफ्नो शेयर बढाउने संकेत दिएको छ । गत हप्ता नेपाल आएका पञ्जाब नेशनल बैंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक के. आर. कामथले बैंकले आफ्नो हिस्सा १० प्रतिशत बिन्दुले बढाउन चाहेको बताएका हुन् । हाल बैंकको कुल चुक्ता पूँजी १ अर्ब २७ करोड ९६ लाख ७ हजार रूपैयाँ रहेको छ । यसमध्ये पञ्जाबको २० प्रतिशत हिस्सा छ । यसअनुसार उसको लगानी २५ करोड ५९ लाख २१ हजार ४सय रूपैयाँ हुन आउँछ । ‘पञ्जाब बैंकले आफ्नो हिस्सा बढाउन सञ्चालक समितिसँग प्रस्ताव गरेको छ । हामी उसको प्रस्तावप्रति सकारात्मक छौं,’ एभरेष्ट बैंकका अध्यक्ष बी.के. श्रेष्ठले बताए । प्रस्तावमा पञ्जाब बैंक र एभरेष्टका संस्थपाक सदस्यहरूबीच छलफल चलिरहेको उनले जानकारी दिए ।

श्रेष्ठका अनुसार एभरेष्टले आफ्नो संस्थापक शेयरको थप केही हिस्सा पञ्जाबलाई दिने बारेमा विचार गरिरहेको छ । तर, कसको कति हुने हुने भन्नेबारेमा भने अझै निर्णय भइसकेको छैन । यसबारेमा विस्तृत छलफलपछि मात्र निर्णय गरिने उनले बताए । थप १० प्रतिशत हिस्सा दिएपछि बैंकमा पञ्जाबको लगानी ३८ करोड २८ लाख ८२ हजार १ सय रुपैयाँ हुन्छ ।

पञ्जाब नेशनलको समेत सहभागितामा सन् १९९४ मा एभरेष्ट बैंकको स्थापना भएको हो । एभरेष्ट नेपालको सफल वाणिज्य बैंकहरू मध्ये एक हो ।

वर्ष ५ अंक ४९, २०६७, साउन २४–३०

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement