ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन

२०७८ पौष, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले ४० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २ हजार ६१४ दशमलव २९ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् सोमवार कायम अन्तिम शेयरमूल्य रू. ३ हजार ६६० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

नेशनल माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

उक्त प्रस्ताव पारित गर्न कम्पनीले माघ ६ गते क्रिक रिसोर्ट धादिङबेशी, धादिङमा आठौं वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे शुरु हुनेछ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement