ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

इन्फिनिटी लघुवित्त र युनियन हाइड्रोपावरकोे साधारण सभा आज

२०७८ पौष, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । मंगलवार दुई ओटा कम्पनीको साधारण सभा हुँदैछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा आयोजना गरेका हुन् । 

इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले मंगलवार बिहान १० बजे होटल द नारायणी गैडाकोट नवलपरासीमा सभा हुने जानकारी दिएको हो । सभाले २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते (एक दिन) बन्द गरेको हो । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

त्यसैगरी, युनियन हाइड्रोपावर कम्पनीले १५औं वार्षिक साधारण सभा मंगलवार बिहान ११ बजे ललितपुर ३ धोवीघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने जानकारी दिएको छ । 

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्