ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने अवधि थप 

२०७८ पौष, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । पुस ७ गतेदेखि सार्वजनिक निष्कासनमा आएको नारायणी डेभलपमेण्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ । 

कम्पनीले पुस २७ गतेसम्म यसअघि विक्रीको मिति तय गरेकोमा उक्त अवधिसम्म १९ प्रतिशतभन्दा बढी मात्र हकप्रद शेयर विक्री भएपछि आगामी माघ १२ गतेसम्मको अवधि थप गरेको हो । 

कम्पनीले मंसिर २४ गते हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हाल रू. १३ करोड १२ लाख ३३ हजार ८०० चुक्तापूँजी रहेको बैंकको हकप्रद शेयर निष्कासन पश्चात यो पूँजी रू. २६ करोड २४ लाख ६७ हजार ६०० पुग्नेछ ।

यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । 

साथै मेरो शेयर प्रयोगकर्ताहरुले सो मार्फत पनि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर सिंगल सी प्लस रेटिङ प्र्रदान गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्