ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

एनएमबि बैंकको १ लाख ४९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा

२०७८ पौष, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक तर्फको १ लाख ४९ हजार ६९३ कित्ता संस्थापक शेयर आज (मंगलवार) देखि विक्रीमा ल्याएको छ । 

बैंकले प्रतिकित्ता रू. २२० तोकेर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । मंगलवार नै ३५ दिने सूचना जारी गरेको बैंकले तोकिएको अवधिभित्र इच्छुक विद्यमान संस्थापकहरुले बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा शेयर कित्ता र प्रतिकित्ता रकम खुलाई निवेदन दिनुपर्ने बताएको छ । 

तोकिएको अवधिभित्र यो शेयर विद्यमान संस्थापक शेयरधनीहरुमा वितरण हुन नसकेमा भने बैंकले अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्